कोरोना संक्रमण उकालो लाग्दै, शुक्रबार सक्रिय संक्रमित २ हजार ६१५

पछिल्लो २४ घन्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

४ हजार ७१ नमुनाको पिसिआर परीक्षण गर्दा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ।

शुक्रबार २ हजार ६ सय १५ सक्रिय संक्रमित छन्।

गत २४ घन्टामा १ सय २७ जना संक्रमित निको भएका छन्। यो सँगै नेपालमा निको हुने संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ।

शुक्रबार कोरोना संक्रमणबाट मृत्यु हुने संख्या शुन्य छ। मन्त्रालयको अनुसार हालसम्म ३ हजार ३८ जनाको संक्रमणबाट मृत्यु भएको छ।

आज ८४ जना क्वारेन्टाइनमा छन्।

मन्त्रालयले पछिल्ला दिनमा नयाँ भाइरसको जोखिम बढेको भन्दै सावधानी अपनाउन अनुरोध गर्दै आएको छ।

विद्यार्थीमा संक्रमण बढ्ेको भन्दै विद्यालय बन्द गर्न मन्त्रालयले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय