३३ स्वास्थ्यकर्मी राष्ट्रपतिबाट विभूषित

हेल्थपोस्ट नेपाल

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महानुभावलाई शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि आजै सुशोभन गरिएको छ।

संविधान दिवसको अवसर पारेर राष्ट्रपति  भण्डारीले प्रदान गर्ने विभिन्न मानपदवी, अलङ्कार र पदक प्राप्त गर्ने ३३ स्वास्थ्यकर्मी रहेका छन्।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ।

विभूषित हुनेहरुको सूची गृहमन्त्रालयको वेबसाइटमा समावेश गरिएको छ।

आज बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गरिनेछ।

यि हुन् राष्ट्रपतिबाट विभूषित स्वास्थ्यकर्मी

विभूषित हुनेहरु
सुप्रसिद्व प्रबल जनसेवाश्री (प्रथम श्रेणी)
– प्राडा दिव्यासिंह शाह, त्रिवि शिक्षण अस्पताल,
– डा अनन्तरमण भाट्साला, सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालको डिर्पाटमेन्ट अफ मेडिसिन डिभिजन अफ नेफ्रोलोजीका चिकित्सक
– डा अनन्त कुमार, डिर्पाटमेन्ट अफ युरोलोजी, युरो अंकोलोजी, भारतको म्याक्स ग्रुप अफ हस्पिटल
– डा राजीवकुमार शर्मा, नयाँदिल्लीस्थित डिर्पाटमेन्ट अफ युरोलोजी, युरो अंकोलोजी, रोवोटिक्स् एन्ड रेनल ट्रासप्लान्ट, एमएक्स ग्रुप अफ हस्पिटल,
– डा हर्ष दुवे, इन्स्टिच्युट अफ एडल्ट रिकनट्रक्सन, स्र्पोट इन्जुरी एन्ड जोइन्ट रिप्लेसमेन्ट दिल्ली, डिर्पाटमेन्ट अफ अंकोलोजी, इन्द्रप्रस्थ एपोलो हस्पिटल नयाँदिल्ली,

उज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी)
– प्राडा भगवान कोइराला, वरिष्ठ मुटुरोग सर्जन

सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी)
– डा ज्योतिन्द्र शर्मा, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र
– प्राडा उत्तमकुमार शर्मा, त्रिवि चिकिस्साशास्त्र अध्ययन संस्थान
– डा चक्रराज पाण्डे, मेडिकल डाइरेक्टर, ग्रान्डी अस्पताल
– डा भरत प्रधान, काठमाडौं
– डा योगेन्द्रप्रसाद यादव, विराटनगर
– डा डेविन फ्रयानसिस, मेलर्वन, अस्टेलिया
– डा प्रेम ज्ञवाली, शिक्षण अस्पताल, महाराजगञ्ज
– प्राडा रामकुमार घिमिरे, रेडियोलोजिस्ट, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
– डा शर्मा पौडेल, रेडियोलोजिस्ट त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
– डा रत्नमणि गजुरेल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
– डा उत्तम श्रेष्ठ, रेडियोलोजिस्ट त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान
– डा रमेशसिंह भण्डारी, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
– डा राजु अधिकारी, योग प्रशिक्षक
– डा उत्तम पच्या, गुल्मी जिल्ला अस्पताल
– डा पलेस्वाँ जोशी लाखे, शिक्षण अस्पताल, महाराजगञ्ज
– डा सुबोधकुमार अधिकारी, वीर अस्पताल
– प्राडा नगेन्द्रबहादुर केसी, चिकित्साशास्त्र महाविद्यालय
– डा दीपक श्रेष्ठ, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज

प्रबल जनसेवाश्री (चर्तुथ श्रेणी)
– डा अशोकानन्द मिश्र, सप्तरी
– डा टीकाधर द्विवेदीः आयुर्वेद चिकित्सक, पर्सा
– डा विराजमान कर्माचार्य, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, धुलिखेल
– डा राम कामेश्वर ठाकुर, प्रादेशिक आयुर्वेद चिकित्सालय, दाङ
– कमला लामा, नेपाल प्रहरी अस्पताल
– उमा पाण्डे, लेखा अधिकृत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
– गिरेन्द्रकुमार झा, अहेब, जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरी
– ज्ञानसिंह बुढा, जनस्वास्थ्य निरीक्षक, जिल्ला अस्पताल, मुगु

जनसेवाश्री (पञ्चम श्रेणी)
– सत्यराज शाक्य, लुम्बिनी प्रादेशिक अस्पताल, बुटबल

 

# सच्याइएको

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *