भारतमा कोरोना संक्रमणको ‘रेकर्ड ब्रेक’ : आजदेखि महाराष्ट्रसहित अन्य राज्यमा लकडाउन

भारतमा कोरोना संक्रमणको दैनिक तथ्याङ्कले रेकर्ड राखने क्रम जारी छ भने दिनप्रतिदिन मृतकको संख्या पनि बढ्दै गएको छ।

गत बिहीबार मात्रै भारतमा १ लाख ३१ हजार ९ सय ६८ नयाँ संक्रमित थपिएका छन्।

यससँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ३० लाख ६० हजार ५ सय ४२ पुगेको छ। यस्तै मृतकको संख्या १ लाख ६७ हजार ६ सय ४२ पुगेका छन्।

भारतमा पछिल्लो २९ दिनयता दिनहुँ संक्रमितको संख्या बढ्दै गइरहेको छ।

योसँगै भारतका थुप्रै ठाउँमा आजदेखि लकडाउन गरिएको छ।

कोरोनाको हटस्पट नै बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन गरिएको छ।

आज साँझदेखि सोमबार बिहानसम्म (विकेन्ड लकडाउन) त्यहाँ लकडाउन गरिएको छ।

आज साँझदेखि कडा लकडाउन गरिने भएकोले त्यहाँ दैनिक उपभोग्य सामान खरिदका लागि बिहानैदेखि बजारमा ग्राहकको भिड लागेको छ।

यस्तै मध्यप्रदेशका पनि सबै शहरमा विकेन्ड लकडाउन लगाइएको छ।

विकेन्ड लकडाउन शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ। मध्यप्रदेशका केही शहरमा भने बिहीबारदेखि नै सातदिनका लागि लकडाउन गरिएको छ।

छत्तिसगढको रायपुरमा आजदेखि १९ तारिखसम्मका लागि पूर्णरुपमा कडा लकडाउन गरिएको छ।

छत्तिसगढको दुर्गमा भने गत ६ अप्रिलदेखि नै लकडाउन जारी छ। यहाँको लकडाउन १४ अप्रिलसम्म कायम रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय