स्वास्थ्य सेवा पाउनु भएको छैन? नभए ११३३ मा फोन गर्नुस्

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा लिने क्रममा कुनै समस्या भए तुरुन्तै सम्पर्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले बिहिबार एक सुचना जारी गर्दै सर्वसाधारणलाई सेवा लिने क्रममा कुनै समस्या वा सेवा प्रदायकबाट त्रुटी भएमा तुरुन्तै ११३३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

‘स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा सेवाग्राही सर्वसाधारणलाई कुनै समस्या भए वा त्रुटी भएमा फोन गर्नुहोस,’ सुचनामा भनिएको छ, ‘ उक्त गुनासो प्रति मन्त्रालयले छानबीन गरी दोषी पाएमा प्रचलित अनुसार कारबाही गर्नेछ।’

११३३ मा फोन गर्दा कुनै शुल्क लाग्दैन। यसका साथै सर्वसाधारणले [email protected] मा पनि इमेल गर्न सक्ने मन्त्रालयले जनाएकाे छ।

पछिल्लो समय स्वास्थ्य संस्थाले सर्वसाधारणलाई सेवा सहज रूपमा उपलब्ध नआएको गुनासो आएपछि मन्त्रालयले उक्त सुचना जारी गरेको हो।

मन्त्रालयले प्राप्त गुनासाका आधारमा सम्वन्य गर्दै सर्वसाधारणलाई गुणस्तरीय सेवाको व्यवस्था गर्ने जनाएको छ।

कोभिड महामारीमा समयमा बिरामीले धेरै सास्ती खेप्नु परेको थियो।

सर्वसाधारणले यो हटलाइन नम्बरमा बिहान ८ देखि बेलुका ८ बजेसम्म गुनासो टिपाउन सक्ने छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *