बिहिबार सक्रिय संक्रमित २४५४, थपिए ३ सय ३२

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा थप ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार १ सय पुगेको छ।

आज २ हजार ४ सय ५४ जना सक्रिय संक्रमित छन्।

त्यसैगरी, बिहिबार ७९ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुने संख्या २ लाख ७३ हजार ६ सय ८ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या शून्य छ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३८ जनाको मृत्यु भएको छ।

हालसम्म नेपालमा २३ लाख २ हजार १ सय ७३ नुमना परीक्षण भएको छ।

आज ७७ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *