एक साताभित्र सबै स्वास्थ्यकर्मीको समायोजन टुंगिने ,कसको हुँदै छ सम्बोधन?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकी रहेका कर्मचारीको समायोजन सात दिनभित्र हुने जनाएको छ।
पाँच सयको हाराहारीमा कर्मचारीको समायोजन मन्त्रालयका सह–सचिव दामोदर रेग्मी बताए।
मन्त्रालयले केही समय अगाडी समायोजन मिलानको लागि आवेदन माग गरेको थियो।
जसमा २ हजार ४ सयको गुनासो भरेका थिए। मन्त्रालयले पहिलो चरणमा १ हजार ५ सयको समायोजन गरेको थियो।
‘निवेदन दिएका मध्ये केही संख्या समायोजन लिस्ट निकालेका छौं,’ रेग्मीले भने, ‘ केही संख्यामा कागजात नपुगेका लागि पुन निवेदन पेश गर्न आग्रह गरेका छौं। सात दिनमा पुन लिष्ट निकाल्ने योजना रहेको छ।’
उनका अनुसार अधिकांश व्यक्तिको मागअनुरुप नै समायोजन भएको छ।
‘उहाँहरूले समायोजन मागेको ठाउँभन्दा फरक गर्दैनौं। मागेको ठाउँमा दरबन्दी खाली भएको हुनुपर्दछ। जाने र छोड्ने ठाउँको सहमति चाहिन्छ। त्यसै अनुरूप निवेदन आयो भने समायोजन गछौं,’ रेग्मीले भने।
मन्त्रालयले अनलाइनमार्फत नै समायोजन पत्र उपलब्ध गराउने छ।
Good job
फाजिलमा परेको लाई के गर्ने होला। आफ्नो प्रदेस वा स्थानिय तह मा कतै खालि छैन भने। सहमति नै दिदैन भने।