भिटामिन ‘ए’ कार्यक्रम बैशाख ६ र ७ मा सञ्चालन हुने

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम बैशाख ६ र ७ गते सञ्चालन गर्ने भएको छ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्ष सम्मका

बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

त्यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा वितरण गरिनेछ।

कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको अवस्थामा जनस्वास्थ्य मापदण्ड परिपालन गर्दै कार्यक्रम सञ्चालन गर्न विभागले सबै प्रदेशलाई पत्रचार गरेको छ।

सामाजिक दूरी कायम गर्दै भिटामिन ‘ए’ खुवाउने केन्द्रको प्रति घण्टा १० जनामात्र बालबालिका उपस्थित हुने गरी व्यवस्था मिलाउने र हरेक व्यक्तिको बीचमा कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्न सबै स्थानीय तहलाई विभागको निर्देशन छ।

त्यस्तै, महिला स्वास्थ्य स्वयमसेविकाले भिटामिन ‘ए’ क्यापसुल काट्न प्रयोग गर्ने कैंची समयसमयमा स्यानिटाइजरले निसंक्रमण गर्ने, भिटामिन ‘ए’ वितरण गर्ने केन्द्रमा साबुन पानीले हात धुने व्यवस्था मिलाउने, स्वास्थ्यकर्मी तथा अभिभावकहरुले अनिवार्य मास्क लगाउनु पर्नेछ।

महिला स्वयमसेविकाहरुका लागि मास्क, स्यानिटाइजर र अवाश्यक पर्ने सामाग्रीहरु स्थानीय तहले व्यवस्था गर्नुपर्दछ।

कोरोना संक्रमण जोखिम हुने भन्दै विभागले बालबालिकाको पाखुराको मध्य भागको परिधिको नाप लिन नपर्ने जनाएको छ।

यदि कुनै पनि बालबालिकाको अभिभावकलाई संक्रमण पुष्टि भएको छ भने खोप केन्द्रमा नल्याउन र आवश्यक औषधि घरमा पुर्याइने समेत विभागले जनाएको छ।

त्यस्तै, २०७७ चैत महिनामा हातिपाइले रोग निवारण कार्यक्रम सञ्चालन भएका जिल्लाहरु जस्तै झापा, मोरङ, धनकुटा, बारा, पर्वत, लमजुङ, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया तथा कैलालीमा दुई वर्ष माथिका बालबालिकाहरुले जुका औषधि समेत दिइने विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय