न्युजिल्याण्डले लगायो भारत तथा दक्षिण एसियाका यात्रुलाई रोक

हेल्थपोस्ट नेपाल

न्युजिल्याण्डले भारत तथा दक्षिण एसियाका देशबाट आउने सबै यात्रुहरुलाई प्रवेश निषेध गरेको छ।

कोरोना संक्रमणको जोखिम थपिएको भन्दै दुई हप्ताका लागि प्रवेश निषेध गरेको हो।

बिहिबार बाहिरबाट आएका यात्रुमध्य २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो जसमा १२ जना भारतीय नागरिक थिए।

न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले भारतबाट आउने सबै यात्रुलाई प्रवेश निषेध गरिएको बताइन्।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भइसकेको छ भने हरेक दिन जसो एक लाख भन्दा बढि मानिसहरु संक्रमित हुन थालेका छन्।

न्यूजिल्याण्डमा ४० दिनसम्म समूदायिक स्तरमा संक्रमण फैलिएको थिएन। बिहिबार देखि समूदायिक स्तरमा संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *