भारतीय प्रधानमन्त्री मोदीले लिए कोरोना खोपको दोस्रो ‘डोज’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको दोस्रो डोजको खोप लिएका छन्। उनले दिल्लीस्थित एम्स अस्पतालमा खोपको दोस्रो डोज लिएका हुन्।
मोदीले गत मार्च १ तारिखमा खोपको पहिलो डोज लिएका थिए। उनले भारत बायोटेकले निर्माण गरेको ‘कोभ्याक्सिन’ को खोप लगाएका हुन्।
खोप लगाइसकेपछि प्रतिक्रिया दिँदै मोदीले कोरोना महामारीबाट बच्ने अर्को उपाय भनेको भ्याक्सिन भएको बताए।
उनले यस अभियानमा सहभागी हुन सबैलाई अपिल पनि गरे।