विद्यार्थीमा कोरोना संक्रमण बढ्यो : स्वास्थ्य मन्त्रालय

पछिल्लो समय नेपालमा विद्यार्थीमा कोरोना संक्रमण बढ्दै गएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले विद्यार्थी तथा कम उमेरका व्यक्तिमा संक्रमणले अस्पतालमा भर्ना दर बढेको बताए।

‘केही दिन यता पहिलाको भन्दा फरक उमेरसमूहमा संक्रमण बढ्दै गएको छ,’ डा. पौडेलले भने, ‘अहिले अधिंकास संक्रमित विद्यार्थी भएको पाइएको छ।’

डा. पौडेलले विद्यालयमा स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिए।

पछिल्ला समय देखिएको संक्रमित युकेको भेरियन्टसँग मिल्दोजुल्दो रहेको डा. पौडेलले बताए।

नेपालमा हालसम्म २ लाख ७८ हजार ७ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये २ लाख ७३ हजार ५ सय २९ जना संक्रमण मुक्त भएका छन्।

मन्त्रालयका अनुसार बुधबार २ हजार २ सय १ सक्रिय संक्रमितको संख्या छन्।

जसमध्ये संस्थागत आइसोलेसनमा ४ सय ६० र होम आइसोलेसनमा १ हजार ७ सय ४१ जना छन्।

आज देशभरका ६५ जना क्वारेन्टाइन छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय