सरकारी नर्सिङ संघले भन्यो– आरक्षित सरकारी कोटा सुनिश्चित गरियोस्

सरकारी सेवामा आवद्द नर्सहरूको संघ नेपाल ( गोनान) ले आरक्षित सरकारी कोटा सुरक्षित गर्न सम्बन्धित निकाय लाई अनुरोध गरेको छ।

गोनानले एक अनुरोध पत्र निकाल्दै स्नातक तहको नर्सिङ र मिडवाइफीको भइरहेको सरकारी कोटा काटेकोमा आपत्ति जनाएको छ।

ऐन र नियमावली प्रावधान रहेको कर्मचारीलाई अध्ययन बिदा लागि नेपाल स्वास्थ्य ऐन २०५३ दफा ८६ बमोजिम नै सेवा अवधि पुरा गरेका स्वास्थ्य कर्मचारीलाई अध्ययन बिदा लिने प्रावधान निरन्तता दिनुपर्ने जनाएको छ।

तर, चिकित्सा शिक्षा आयोग गठन भएर छुट्टै ऐन बनेसँगै सरकारी तर्फको अध्ययन बिदाको कोटा प्रणाली हटाइएको छ।

अति दुर्गम क्षेत्रमा १ वर्ष अथवा दुर्गम क्षेत्रमा २ वर्ष काम गरेका नर्सहरू तलबी सेवा–सुविधा सहित अध्ययन बिदा बस्ने पाउने स्वास्थ्य ऐनमा उल्लेख गरिएको छ।

त्यसैअनुरुप धेरै नर्स हाल दुर्गम स्थानमा सेवा गरिरहेका छन्।

दुर्गम क्षेत्रमा सेवा काम गरेका नर्सहरू बिदा भइरहेको सेवा—सुविधा निरन्तर हुनुपर्ने भन्दै विभिन्न निकायमा धाइरहेका छन्।

‘सेवा प्रवाह गरिरहेका नर्स कर्मचारीलाई ऐन र नियमले दिएको व्यवस्था पालना गरि उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नगरियोस,’ गोनानको अध्यक्ष कल्पना श्रेष्ठले भनिन्, ‘ देशको दुरदराजमा रहि सेवा दिने कर्मचारीलाई हौसला दिनुपर्ने व्यवस्था निरन्तरता दिनुपर्छ।’

गोनानले चिकित्सा शिक्षा आयोगलाई सो समस्याको छिट्टै हल निकाल्न आग्रह गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय