कोराना संक्रमण झन तीब्र, आज तीन महिना यता कै उच्च संख्या

पछिल्लो २४ घन्टामा ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर ४ हजार १ सय  पिसिआर परीक्षण र एन्टिजेन मार्फत १ हजार ४० एन्टिजेन मार्फत नुमना परीक्षण गर्दा ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज संक्रमण देखिएको सो संख्या तीन महिना यताकै उच्च हो।

पिसिआर विधिबाट २ सय ९८ र एन्टिजेनबाट ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

मन्त्रालयका अनुसार बुधबार २ हजार २ सय १ सक्रिय संक्रमितको संख्या छन्।

जसमध्ये संस्थागत आइसोलेसनमा ४ सय ६० र होम आइसोलेसनमा १ हजार ७ सय ४१ जना छन्।

काठमाडौं उपत्यकामा १६३ जनामा संक्रमण देखिएको छ। जसमध्ये भक्त्तपुरमा ५, ललितपुरमा २६ र काठमाडौंमा १३२ संक्रमण पुष्टि भएको छ।

आज देशभरका ६५ जना क्वारेन्टाइन छन्। पछिल्लो २४ घन्टामा ७४ जना डिस्चार्ज भएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले नेपालमा पछिल्ला हप्तादेखि संक्रमण बढ्दै गएको बताए ।

डा. पौडेलले नेपालमा पनि नयाँ भेरिन्यट फैलिएको दाबी गरे।

‘भारतबाट नेपाल प्रवेश गरेका केही व्यक्तिमा नयाँ भेरिन्यट पुष्टि भएको छ,’ डा. पौडेलले भने।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय