‘जिन एक्सपोर्ट’ बाट कोरोना परीक्षण, नतिजा ३ घन्टा मै
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना संक्रमणको पत्ता लगाउन‘जिन एक्सपोर्ट’ बाट सेवा सूचारू गरेको छ।
प्रयोगशालाले एक सूचना जारी गर्दै ‘जिन एक्सपोर्ट’ बाट सेवा सुचारू भएको जानकारी दिएको छ।
उक्त सेवा प्रयोगशालामा बिहान ९ देखि बेलुका ७ बजेसम्म उपलब्ध हुनेछ।
सो सेवाको लागि तुरुन्तै उपचार गर्नुपर्ने अवस्थामा भनि चिकित्सक अथवा अस्पतालको सिफारिस अनिवार्य चाहिने छ।
परीक्षण रिर्पोट तीन घन्टामा उपलब्ध हुने प्रयोगशालाले जनाएको छ।
परीक्षण शुल्क एक हजार तोकिएको छ।
पिसिआर मार्फत परीक्षण बिरामीले रिर्पोट लिन धेरै समय कुर्नु परेको थियो।
‘जिन एक्सपोर्ट’ मेसिनबाट परीक्षण गर्दा बिरामीलाई केही हदसम्म सरल सेवा पाउने आश गरिएको छ।
‘जिन एक्सपोर्ट’ मेसिन क्षयराेगीकाे परिचाहन गर्न प्रयोग गरिँदै आएको छ।