बाबुको कलेजोले दिएकाे नयाँ जीवन : मुस्कुराउँदै ‘डिस्चार्ज’ भए ११ महिने शिशु

११ महिनाका शिशु सफल कलेजो प्रत्यारोपणपछि बुधबार डिस्चार्ज भएका छन्।

त्रिवि शिक्षण अस्पतालमा ११ महिने शिशुको गत फागुन २९ गते राति कलेजो प्रत्यारोपण गरिएको थियो।

कम उमेरका मानिसमा कलेजो प्रत्यारोपण गरिएको नेपालमा यो पहिलोपटक हो। उनलाई कलेजो ३५ वर्षीय बाबुले दिएका थिए।

कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीले बाबु र शिशुको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको बताए।

डा. भण्डारीले मुस्कानसहितको शिशुको फोटो सामाजिक सञ्जालमा राखेका छन्।

प्राध्यापक डा. भण्डारी नेतृत्वको टोलीले कलेजो प्रत्यारोपण गरेको हो।

डा.भण्डारीको नेतृतत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो।

बालकका आफन्तले विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेको र ओलीकै पहलमा प्रत्यारोपण भएको थियो।

प्रत्यारोपणमा सहयोग गर्न फोर्टिस अस्पताल भारतका डा. विजय भिजको नेतृत्वमा चिकित्सकको टोली शिक्षण अस्पताल आएको थियो।

टिचिङमा गत वर्ष नै कलेजोको प्रत्यारोपण सुरू भएपनि कोरोना महामारीका कारण रोकिएको थियो। अब बिस्तारै प्रत्यारोपणको सेवा सहज भएको डा. भण्डारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय