भारतबाट आएका कोरोना संक्रमितको मृत्यु

हेल्थपोस्ट नेपाल

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको छ।

भारतको गुजरातबाट गत चैत २२ गते फर्केका उनमा स‍ंक्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए।

मृत्यु भएका कोरोना संक्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ।

कोरोनाको दोस्रो संक्रमणको लहर सुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ।

यसअघि कञ्चनपुरमा कोरोना संक्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन्।

हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट १ हजार ९८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ।

तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेसनमा रहेका छन्।

मंगलबारमात्रै भीमदत्त नगरपालिका–२ का दुई जनामा कोरोना संक्रमण देखिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *