कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ आजदेखि लगाइँदै, क-कसले पाउँछ?

हेल्थपोस्ट नेपाल

चीनको अनुदानमा प्राप्त भएको कोभिडविरुद्धको (भेरोसेल) खोप आजबाट लगाउन सुरू गरिँदै छ। सरकारले चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप २३ वटा खोप केन्द्रबाट दिइने जनाएको छ।

१८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरू, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले  खोप पाउने मन्त्रालयले जनाएको छ।

त्यसैगरी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी-व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि फलफुल तरकारीलगायतका व्यापारीलाई खोप लगाउने मन्त्रालयले जनाएको छ।

यसअघि खोप लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाइ पनि सो खोप दिइनेछ।

मन्त्रालयका अनुसार यो खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ स्थानमा मात्रै दिइने छ।

यी अस्पतालबाट पाइन्छ खोप
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पताल
२. परोपका प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली
३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
४. निजामती कर्मचारी अस्पताल मिनभनव
५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र कीर्तिपुर
६. नेपाल मेडिकल कलेज अत्तरखेल
७. काठमाडौँ मेडिकल कलेज सिनामंगल
८. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
९. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी
१०. बीरेन्द्र अस्पताल छाउनी
११. एपीएफ अस्पताल बलम्बु
१२. नेपाल प्रहरी अस्पताल पानी पोखरी
१. ओम अस्पताल रिसर्च सेन्टर चावहिल
१४. क्षेत्रपाटी निशुल्क चिकित्सालय क्षेत्रपाटी
१५. भक्तपुर अस्पताल भक्तपुर
१६. नेपाल कोरिया मैत्री अस्पताल ठिमी
१७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर
१८. किष्ट मेडिकल कलेज ललितपुर
१९. आनन्दवन अस्पताल ललितपुर
२०. धुलिखेल अस्पताल काभ्रे
२१. त्रिशुली अस्पताल नुवाकोट
२२. बारबिसे अस्पताल सिन्धुपाल्चोक
२३.जिल्ला अस्पताल रसुवा



Leave a Reply

Your email address will not be published. Required fields are marked *