वीर अस्पतालमा ११०० दरबन्दी थपिँदै, अन्य अस्पतालको पनि छलफलको चरणमा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा १ हजार १ सयको हाराहारीमा नयाँ दरबन्दी थप हुने भएको छ।

नेपाल सरकारले बिरामीको संख्यामा वृद्धि हुँदै गएपछि केन्द्रीय अस्पतालहरूमा अर्गनाइजेशन एण्ड म्यानेजमेन्ट (ओएनएम) सर्भे गरिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको ( ओएनएम) सर्भे गरी १ हजार १ सयको हाराहारी थप दरबन्दी सिर्जना गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पठाएको छ।

मन्त्रालयका सह–सचिव दामोदर रेग्मीका अनुसार सो दरबन्दी सामान्य प्रशासन मन्त्रालयले मन्त्रीपरिषद्मा पेश गरेपछि स्वीकृत हुनेछ।

केन्द्रीय अस्पताल तथा ५,१०,१५ बेडको अस्पतालको दरबन्दीमा पनि छलफल चलिरहेको रेग्मीले बताए।

कान्ति, ट्रमा , प्रसुती अस्पतालका दरबन्दीको विषयमा सामान्य तथा अर्थ मन्त्रालयसँग एक चरण छलफल भएको रेग्मीले जानकारी दिए।

‘संघिय तथा अर्थ मन्त्रालयसँग थप छलफल गरेर दरबन्दीलाई फाइनल दिने काम गछौं,’ रेग्मीले भने।

बषौँ देखि थप दरबन्दी सिर्जना नभएकाले सेवामा असर पुगेको छ।

बिरामीको चापको अनुपातमा दरबन्दी वैज्ञानिक खालको नहुनु, अस्पतालको सेवा विस्तार भएका कारण जनशक्ति अपुग भइरहेको चिकित्सकले बताउँदै आएका छन्।

नयाँ दरबन्दी सिर्जना हुन नसक्दा अहिले वीरमा निमाणधीन रहेको सर्जिकल भवनको सञ्चालनमा आउन सकेको छैन।

 

 

One thought on “वीर अस्पतालमा ११०० दरबन्दी थपिँदै, अन्य अस्पतालको पनि छलफलको चरणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय