कोरोना संक्रमणदर ह्वातै बढ्यो, आजमात्रै २६० थपिए

हेल्थपोस्ट नेपाल

नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको छ। पछिल्लो २४ घन्टामा २ सय ६० जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० जना पुगेका छन्।

मगंलबार १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शुन्य छ।

नेपालमा हालसम्म कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३६ पुगेको छ।

गत २४ घण्टामा १ सय १३ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ४ सय ५५ जना पुगेको मन्त्रालयले जनाएको छ।

हाल ६९ जना क्वारेन्टाइनमा छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *