विश्वकै सबैभन्दा बढी वायु प्रदूषण काठमाडौंमा, बाहिर ननिस्कन विज्ञको सुझाव

हेल्थपोस्ट नेपाल

विश्वको सबैभन्दा बढी वायु प्रदूषित शहरमा काठमाडौं एक नम्बरमा छ। काठमाडौंको एक्युआई अहिले पनि ३ सय माथि छ। यो खतरनाक अवस्था हो। यस्तो अवस्थामा सकभर बाहिर ननिस्कन विज्ञहरु सुझाव दिन्छन्। अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन उनीहरुले सुझाव छ।

वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह स्वास्थ्य विज्ञहरुले गरेका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले वन(जंगलमा डढेलो लाग्दा वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न आग्रह गरेका छन्।

उनले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघातजस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन आग्रह गरे।

वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्नेजस्ता समस्या आउने गर्दछन्।

नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारण ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ। विश्वमा ७० लाख मानिसको मृत्यु वायु प्रदूषणकै कारण हुन्छ।

बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकले यस्तो समयमा विशेष ख्याल गर्नुपर्दछ।

वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत विज्ञहरुले आग्रह गरेका छन्।



One thought on “विश्वकै सबैभन्दा बढी वायु प्रदूषण काठमाडौंमा, बाहिर ननिस्कन विज्ञको सुझाव

  1. Ajja gara bikash … Cut all the remaining trees🏞️🌴🪴🌵 and make so called smart city…

Leave a Reply

Your email address will not be published. Required fields are marked *