डा. शेरबहादुर पुनलाई राष्ट्रिय प्रविधि पुरस्कार, जो स्वास्थ्य अधिकारीको आँखी बने, नास्टको आँखामा परे

हेल्थपोस्ट नेपाल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक एवं सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको प्रविधि पुरस्कारबाट पुरस्कृत भएका छन् ।

४४ औं प्रतिष्ठान सभाले २०७७ का लागि ११ विधामा १७ व्यक्ति एवं संस्थालाई पुरस्कार प्रधान गर्ने निर्णय गरेकोमा प्रविधि पुरस्कार पुनलाई दिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

लामो समयदेखि टेकू अस्पतालमा कार्यरत डा. पुनलाई तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव यादव कोइरालालले कारवाहीको तयारी गरेका थिए

कोरोना महामारीको अवधिमा पनि मन्त्रालय नेतृत्व उनीप्रति अनुदार देखिरहेकै छ । अस्पतालमा पनि डा. पुनलाई महत्वपूर्ण भूमीका छैन् ।

कोरोना महामारीका सन्दर्भमा सरकारलाई क्रस गरेर मिडियासँग बोलेको भन्दै स्पष्टीकरणसहित मन्त्रालयमा तान्ने पत्र काटिसकेपछि जनदबाबसँगै मन्त्रालयले पत्रको व्याहोरा फेरेर छलफलका लागि मात्रै बोलाएको भन्दै पछाडि हटेको थियो ।

मन्त्रालयका अधिकारीसमेत मिडियामा उनीमात्रै छाएको भन्दै डा. पुनलाई आँखी बनाएका थिए । स्वास्थ्य अधिकारीका निम्ति आँखी बनेको काम नास्टका प्राज्ञहरुको मन जितेको छ ।

विश्वमा देखिएका नयाँ पुराना सरुवा रोगको उपचार, अनुसन्धान तथा लेखरचना प्रकाशनमा दख्खल राख्ने डा. पुनले नास्टले पुरस्कृत गरेकोमा खुसी व्यक्त गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘शुरुमा सुन्दा त केहि समय विश्वास गर्न गाहे भयो, तर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान –(नास्ट)ले प्रविधि पुरस्कार’ जस्तो उच्च तथा प्रख्यात (प्रतिष्ठित) राष्ट्रिय अवार्डद्वरा सम्मान गर्ने निधो गरिएको छ, म अत्यान्त हर्षित भएको छु’

 



One thought on “डा. शेरबहादुर पुनलाई राष्ट्रिय प्रविधि पुरस्कार, जो स्वास्थ्य अधिकारीको आँखी बने, नास्टको आँखामा परे

Leave a Reply

Your email address will not be published.