स्वास्थ्मन्त्री त्रिपाठीले भने, कोरोनाकालको खर्च देखाउन स्वेतपत्र नै जारी गर्छाैं

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयदेश त्रिपाठीले प्रतिनिधि सभामा सांसदहरुको प्रश्नलाई संवोधन गर्दै कोरोनाकालको सबै खरिदको हिसाब देखाउन स्वेतपत्र जारी गर्ने बताए।

उनले मन्त्रालयले मास्क, पिपिइ गाउन, सर्जिकल पञ्जा, अक्सिजन प्रणाली सुदृढिकरण, आइसियु, पिसिआर किट, एक्सट्रयाक्सन किट, एन्टिजेन्ट किट र अन्य औषधीका उपकरण, स्वास्थ्यकर्मीको जोखिम भत्ता र निशुल्क परीक्षणहरुका लागि पाँच अरब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको बताएका छन्।

दुई अरब ५४ करोड ५९ लाख भुक्तानी हुन बाँकी रहेको बताएका छन्।

हालसम्म १८ लाख भन्दा बढि मानिसहरुले कोरोना खोप लगाइसकेका छन् जुन कूल जनुसंख्याको ६ प्रतिशत रहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *