भारतमा कोरोनाको दोस्रो लहर भयावह, महाराष्ट्रमा एक साताका लागि लकडाउन गरिने

भारतमा कोरोना संक्रमणको एकदिने तथ्याङ्कले रेकर्ड कायम गरेको छ। एकैदिन हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भारतमा थपिएका छन्। गत २४ घण्टामा भारतमा १ लाख बढीमा संक्रमण फेला परेको हो।

भारतमा यसअघि सबैभन्दा बढी गत १६ सेप्टेम्बरमा फेला परेका थिए। उक्त समयमा ९७ हजार ८ सय ९४ जनामा संक्रमण फेला परेको थियो। तर, गत २४ घण्टामा १ लाख ३ हजार ७ सय ६४ जनामा नयाँ संक्रमण फेला परेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

संक्रमण सुरु भएदेखि हालसम्म भारतमा १ लाखको आंकडा पार भएको थिएन। गत २४ घण्टामा ४ सय ७७ जनाको संक्रमणबाट मृत्यु भएको छ। योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड २५ लाख ८७ हजार ९ सय २० पुगेको छ।

कोरोनाबाट सबैभन्दा पीडित महाराष्ट्र बन्न पुगेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ५७ हजार बढी नयाँ कोरोना संक्रमित फेला परेका छन्। मुम्बईमा मात्रै ११ हजार बढी छन्।

भारत विश्वमै धेरै कोरोना संक्रमित हुने देश मध्य तेस्रो स्थानमा रहेको छ।

पहिलो राष्ट्र अमेरिकामा दुई करोड व्यक्तिहरु संक्रमित भएका छन् भने दोस्रो स्थानमा रहेको ब्राजिलमा एक करोड ३० लाख मानिसहरु संक्रमित भएका छन्।

गत फ्रेबुअरी महिनादेखि भारतमा संक्रमित हुनेको संख्या बढ्दै आएको छ। दैनिक नौ हजार भन्दा कम संक्रमित भइरहेको अवस्थामा हाल एक लाख नाघेको छ।

भरतको महाराष्ट्र प्रान्तले संक्रमण बढ्दै गएपछि एक हप्ताको लागि लकडाउन गर्ने निर्णय आइतबार गरेको छ।

सोमबार बेलुकी देखि एप्रिल महिनाको अन्त्यसम्म रातमा कफ्र्यु लगाउने, चार जना भन्दा बढि व्यक्तिहरु बीच भेटघाट बन्द गर्ने र नीजि कार्यालय, रेटुराँ, सिनेमा हल, स्वीमिङ पुल, बारहरु, मन्दिर तथा सार्वजनिक क्षेत्रहरु, बीचहरु बन्द गर्ने निर्णय गरेको छ।

हप्ताको अन्तमा मात्र एक दिन आवश्यक सेवाहरु खोल्न दिइने छ।

प्रदेश सरकारले आर्थिक गतिविधि तथा कामदारहरुलाई असर नरीकन लकडाउन गर्न लागिएको बताए।
सार्वजनीक गाडीहरुमा ५० प्रतिशत यात्रुहरु मात्र राख्न दिइनेछ भने उद्योग, कलकारखाना तथा फिल्म सुटिङहरु स्वास्थ्य मापदण्ड अपनाए अनुसार चल्न दिइनेछ।

बंगलादेशमा भने आजबाट एक हप्ताको लागि लकडाउन गरिएको छ।

भारतमा तीव्र गतिमा संक्रमण फैरिरहँदा नेपालमा पनि त्यसले जोखिम बढाएको छ। भारतबाट नेपाल फर्किरहेका नागरिकमा पनि नयाँ खालको संक्रमण भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय