चिनियाँ खोप बुधबारबाट दिइने
चीनबाट ल्याइएको खोप ‘भेरोसेल’ आउँदो २५ गते, बुधबारबाट वितरण शुरु गर्ने भएको छ।
तोकिएको अस्पतालहरुबाट खाप लगाउने कार्य अघि बढाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
उनले अति आवश्यक कार्यमा संलग्न व्यक्तिरुहरु, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्ने विद्यार्थीहरु, हिमालय तथा पहाड क्षेत्रमा व्यापार गर्ने व्यक्तिहरु र चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्तिहरुलाई यो खोप दिइने, बताए।