डा. भोला रिजाल र डा. सुवाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड

हेल्थपोस्ट नेपाल

प्रसुति तथा स्त्रीरोग विशेषज्ञहरुका संस्था नेपाल सोसाइटी अफ अब्टेट्रिक एवं गाइनेकोलोजी (नेसोग)ले बरिष्ठ चिकित्सक भोला रिजाल र डा. यमुना सुवाललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ ।

महामारीको बीचमा भएको १५औं अन्तराष्ट्रिय सम्मेलनमा प्रमुख अतिथि डा. सरस्वती पाध्येले डा. रिजाललाई सम्मान प्रदान गरिन् ।

महामारीमा मातृ तथा शिशु स्वास्थ्य कायम राख्ने चुनौती शीर्षकमा सोधपत्र प्रस्तुतीकरणसहित बिभिन्न बिधाहरुमा अवार्ड लागि प्रस्तुतिकरणमा मेडलहरु प्रदान गरिएको थियो ।

कार्यक्रममा ३ सय ५० विशेषज्ञले अनलाईन सहभागिता थियो । सम्मेलनमा ८० वटा वैज्ञानिक सोधपत्र, १३ वटा पोस्टर प्रस्तुत भए ।

अध्यक्ष डा. हिरा तुलाधरले आगामी कार्यकाल (२०२१–२०२३)का लागि डा. गणेश दंगाललाई नेसोगको जिम्मेवारी हस्तान्तरण गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *