न्याम्सको सिनेट बस्याे बजेट पास भएन, नर्सिङ क्याम्पस भवन र दुवाकोटको डिपिआर बनाउँन सहमति

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सभाले प्रतिष्ठानमा अनियमितताको आशंकामा बजेट पास गर्न मनेन ।

सभाले हाल निर्मार्णाधिन सर्जिकल भवनको पछाडि नर्सिङ क्याम्पस भवन र वीरको विस्तारित कार्यक्रमका लागि दुवाकोटमा भवन निर्माण डिपिआर तयार गर्न सहमति दिएको छ ।

सभा अध्यक्ष एवं स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीको अध्यक्षतामा बस्ने प्रतिष्ठानको सर्वोच्च निकाय सिनेट (सभा) को २६औं बैठकमा अध्यक्षसहित थुपै सदस्यले पदाधिकारीको आलोचना गरेका छन् । एक

सिनेट सदस्यका अनुसार मन्त्री त्रिपाठीले बजेटको खर्च पारदर्शी नभएको भन्दै आलोचना समेत गरेका थिए ।

अस्पतालका लेखा प्रमुखले २०७५,२०७६, २०७७ को आयव्याय प्रस्तुत गरेपनि त्रिपाठीले हचुवामा एजेण्डा पेश गरेको भन्दै अध्ययानपछि मात्रै सिनेटमा छलफल गर्नेभन्दै पन्छाएका थिए ।

बैठकमा वीर र ट्रमामा उपकरण खरिद र मर्मतमा अनियमितता, कोभिड उपकरण खरिदमामा अनियमितताको प्रश्न उठेको थियो ।

सभामा मेडिकल काउंसिलका अध्यक्ष डा. भगवान कोइराला र चिकित्सा शिक्षा आयोग का डा. श्रीकृष्ण गिरीले न्याम्स पुर्ण रुपमा स्वायत रुपमा सन्चानल हुनुपर्ने धारणा राखेको सिनेट स्रोतले जानकारी दियो ।
त्रिपाठीले देशमा धेरै प्रतिष्ठान र प्रतिष्ठानपिच्छे पदाधिकारी भएको हुँदा प्रतिष्ठानका लागि छुट्टै छाता ऐन ल्याउन पर्ने धारणा राखेका थिए ।

सिनेटले बैशाखमा प्रतिष्ठानमा अध्यानगरी पास भएका विद्यार्थीको दीक्षान्त गर्ने, डा. गौरव ढकाललाई सिनेट सदस्यमा नियुक्ती गर्ने र केही प्राज्ञिक दरवन्दी थप्ने निर्णय गरेको छ ।

सिनेटमा कर्मचारी हकहित, वी अस्पताल तथा प्रतिष्ठान सुधारसम्बन्धी कर्मचारी युनियनले राखेका २४ बुँदेमा मागका विषयमा छलफल एवं निर्णयसमेत नभएको भन्दै कर्मचारीहरु आक्रोशित बनेका छन् ।

युनियनले बिरामीलाइ सहज र छिटो छरिटो तथा गुणस्तरिय सेवादिनुपर्ने, आइसियु बेड थप गर्नुपर्ने, समय सापेक्ष ऐन तथा नियमावली संशोधन, अदालतको आदेश कार्यन्वयन गर्दै कर्मचारी वृद्धि बिकाससम्बन्धी माग उठाउँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय