चैत अन्तिममा किन बढ्यो चिसो?

हेल्थपोस्ट नेपाल

केहीदिन यता काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा चिसो मशसुस गरिएको छ।

वायुमण्डलमा रहेको तुवाँलो र प्रदुषणले चिसो बढाएको मौसमविद मिनकुमार अर्यालले जानकारी दिए।

उनले तुवाँलोका कारण घाम जमिनको सतहसम्म राम्रोसँग नआउँदा चिसो बढेको बताए।

अर्यालले चिसो केहीदिनसम्म कायम रहने बताए। ‘तत्काल ठूलो पानी पर्ने र हावाहुरी चल्ने सम्भावना नभएकोले तुवाँलो र प्रदुषण हट्ने सम्भावना पनि छैन। वायुमण्डल स्थिर छ।’, उनले भने।

केही दिन अघि परेको पानीले केही प्रदुषण हटाएपनि ठूलो पानी नपरेका कारण पूर्ण रुपमा मौसम सफा नभएको अर्यालले बताए।

हाल काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ रहेको छ भने अधिकतम तापक्रम २७ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।

देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आज  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *