नेपालमा थप १७६ मा कोरोना संक्रमण पुष्टि

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ चैत २२ गते १७:२३


नेपालमा थप एक सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजमात्र १७६ कोरोना संक्रमित थपिएका छन् भने एक सय १७ जना संक्रमण मुक्त भएका छन्।

योसंगै देशभर कोरोना संक्रमित हुनेकोसंख्या दुई लाख ७७ हजार नौ सय ४४ मा पुगेको छ।

पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितहरु एक हजार छ सय ७२ पुगेको छ।

हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दुई लाख ७३ हजार दुई सय ४० पुगेको छ।

पछिल्लो २४ घण्टामा एक जनाको पनि मृत्यु भएको छैन। हालसम्म तीन हजार ३२ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, एक हजार ६ सय ७२ जना आइसोलेसनमा रहेका छन् भने ५७ जना क्वारेन्टीनमा छन्।

काठमाण्डौ उपत्यका भित्र भक्तपुरमा चार, ललितपुरमा ८ र काठमाण्डौमा ८७ गरी ९९ जनालाई संक्रमण पुष्टि भएको छ।

आज देशभरी ४७ जना संक्रमितहरु आइसीयुमा भर्ना भएका छन् जसमध्य ११ जना भ्यान्टिलेटरमा उपचाररत छन्।

https://fb.watch/4FoUM1M84s/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय