कर्णालीमा डा. रावल र पोखरामा डा. क्षेत्री उपकूलपति, पाटनको नियुक्ती अनिश्चित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डा. मंगल रावल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डा. डुकबहादुर क्षेत्री उपकूलपति नियूक्त भएका छन् ।

सहकूलपति एवं स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठी संयोजक रहेको समितिको सिफारिसअनुसार कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डा. द्वयलाई आज उपकूलपति नियूक्ती गरेका हुन् ।

सरकारकै अर्को प्रतिष्ठान पाटन स्वास्थ्य विज्ञानमा पनि उपकूलपतिका लागि सिफारिस भए पनि ओलीले सो सिफारिसलाई टुंग्याइनसकेको स्रोतले बतायो ।

गत चैत १२ गते तीनै वटा प्रतिष्ठानको उपकूलपतिका लागि ९ जनाको नाम सिफारिस गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेअनुसार गंगोल, रावल र क्षेत्रीलाई नियुक्त भए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरिएको सिफारिस समितिले आवेदकमध्येबाट तीन जनाको नाम

उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गरेको थियो।

समितिले ८ चैतमा तीनवटै प्रतिष्ठानका लागि निवेदन परेकामध्येबाट सर्टलिष्ट छनोट गरी सार्वजनिक गरेको थियो।

२१ जनाले निवेदन दिएकोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १३ जनाको नाम छनोट गरिएको थियो भने पाटन र पोखरामा १२–१२ जनाले निवेदन दिएकामा ९–९ जनाको नाम समितिले छनोट गरेको थियो।

दुबैको नाम पहिलो नम्बरमा सिफारिस भएको थियो ।

पाटनका लागि डा. राजेशनाथ गंगोलको नाम पहिलो नम्बरमा सिफारिस भएको थियो ।

नियूक्त उपकूलपतिमध्ये क्षेत्री पोखराकै हुन् । त्यसैगरी हाल कर्णाली प्रतिष्ठान अस्पताल अन्तर्गतको अस्पतालमा निर्देशक रहेका डा. मंगल रावत युवा चिकित्सक हुन् ।

तुलनात्मक रुपमा कनिष्ठ भएपनि रावलले निर्देशक रहँदा सम्पादन गर्नेको कार्यक्षमताका आधारमा स्वास्थ्यमन्त्री त्रिपाठीले उनलाई सिफारिस गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय