कोरोना संक्रमण बढेपछि बंगलादेशमा लकडाउनको घोषणा

कोरोना संक्रमण बढ्दै गएपछि बंगलादेशको सरकारले एक हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको छ।

बंगलादेशको सरकराले संक्रमण र मृत्युदर दिनानुदिन बढ्दै गएको भन्दै अप्रिल ५– भोली देखि देशव्यापी लकडाउन गर्ने घोषणा गरेको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

यातायात मन्त्री अब्दुल कादिरले लकडाउनको समयमा सरकारी कार्यालय तथा अदालतहरु बन्द रहने तर औधोगिक क्षेत्रहरु भने आलोपाले गरी चल्ने बताएका छन्।

उनका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औधोगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् ।

यता सामान्य प्रशासन राज्यमन्त्री फराद हसनले भने, ‘लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहेछन् । तर उद्योग तथा मिलहरु आलो पालो सञ्चालनमा रहनेछ ।’

उनले उद्योगधन्दा बन्द गरियो भने मजदुरहरु काम छोडेर गाँउ फर्कने र संक्रमण झनै फैलने खतरा भएकाले यस्तो निर्णय लिएको प्रतिक्रिया दिए ।

बंगलादेशमा पछिल्लो चौविस घण्टामा ६ हजार ८३० जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा ५० जनाको संक्रमणबाट ज्यान गएको उल्लेख गरिएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमणदर २३.२८ प्रतिशत रहेको समेत जनाएको छ । अहिलेसम्म बंगलादेशमा ६ लाख २४ हजार ५९४ जनामा संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय