सुदूरपश्चिमका तीनजनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

मोहन जोशी/हेल्थपोस्ट
प्रकाशित
२०७७ चैत २१ गते २०:१८

भारतबाट आएका सुदूरपश्चिम प्रदेशका तीनजनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भारतका विभिन्न स्थानबाट नेपाल भित्रिएका २० जनाको स्वाब परीक्षण गर्दा तीनजनामा नयाँ प्रजातिको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कैलालीको त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए।

कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका ती संक्रमित हाल होम आइसोलेसनमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय