पछिल्लो २४ घन्टामा थपिए १२८ संक्रमित, एकको मृत्यु
पछिल्लो २४ घन्टामा नेपालमा १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको अनुसार हालसम्म नेपालमा २ लाख ७७ हजार ७ सय ६८ जनालाई संक्रमण पुष्टि भएको छ।
जसमध्ये २ लाख ७३ हजार १ सय २३ जना संक्रमण मुक्त भएका छन् भने १ हजार ६ सय १३ जना आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ सय ६१ जना संक्रमणमुक्त भएका छन्।
शनिबार एक जनाको संक्रमणबाट मृत्यु भएको छ।
आज ५९ जना क्वारेन्टाइनमा छन्।