पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशका पहाडी भूभागमा आंशिक बदली रही आज दिउँसोपछि केही स्थानमा हल्का वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय भई पहाडी भू–भागमा वर्षाको सम्भावना देखिएको हो।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यातया सफा रहेको छ।

दिउँसो देशका प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय