अस्पताल जलिरह्यो, चिकित्सकले बिरामीको शल्यक्रिया गर्न छाडेनन्

अस्पतालमा आगो लागिरहँदा पनि चिकित्सकहरूले बिरामीको मुटुको सफल शल्यक्रिया गरेका छन्।

यो घटना रूसको हो। रुसको पूर्वी क्षेत्रस्थित ब्लागोभेसचेन्स्कमा सारिस्ट एरा अस्पतालमा यस्तो घटना भएको हो ।

अस्पतालको छतमा आगो दन्किरहेको थियो। त्यसबेला चिकित्सकले गरिरहेको शल्यक्रिया सम्पन्न गरेका छन्।

अपरेशन चलिरहँदा आगो नियन्त्रकहरुले निभाउने प्रयास गरिहेको थिए।

सो घटनामा कोही पनि गम्भीर घाइते नभएको पाइएको छ।

अस्पतालमा आगो लागिरहँदा एक सय भन्दा बढी बिरामीलाई सुरक्षित साथ बाहिर निकालिएको थियो।

अस्पताल भित्र आगो लागिरहँदा उक्त बिरामीको अप्रशेनमा ८ जना चिकित्सक र केही नर्स खटिरहेका थिए।

आगो लाग्नुभन्दा केही समयअघि मात्रै सुरु गरिएको शल्याक्रिया २ घण्टासम्म चलेको बताइएको छ। तर, चिकित्सकले हार नमानि शल्यक्रिया सफल गरेर छोडे।

रुसी सरकारका अनुसार उक्त अस्पताल १९०७ मा बनेको थियो ।

(एजेन्सीको सहयोगमा)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय