फेरि बढ्दै कोरोना संक्रमण, आज १ सय ७९ थपिए
पछिल्लो २४ घन्टामा १ सय ७९ जना संक्रमण पुष्टि भएको छ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका सहित नेपालमा २ लाख ७७ हजार ६ सय ४० जना पुगेको छ।
शुक्रबार १ हजार ६ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन।
हाल ६१ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन्।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ जना पुगेको मन्त्रालयले जनाएको छ।