२३ बर्षिय हेल्थ असिष्टेन्ट निर्मल स्नेहीको निधन
बझाङ जिल्लाको साईपाल गाउँपालिका कार्यरत एक स्वास्थ्यकर्मीको निधन भएको छ।
२३ वर्षका निर्मल स्नेहीको बिहिबार निधन भएको हो।
स्वास्थ्य कार्यलय बझाङ प्रमुख भानु जोशीका अनुसार स्नेहीलाई छारे रोगको समस्या थियो।
पछिल्लो समय स्नेहीले बझाङको विमान स्थलमा हेल्थडेस्कमा खटाइएको थियो।
‘हिजो विमान नआएकाले घर नजिकै खोलाको छेउमा चिसो खाँदै बस्नुभएको रहेछ ’ जोशीले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘ त्यही बेला रोगले च्यापेर खोलामा डुब्नु भएछ।’
पछि, स्थानीय देखेपछि उद्दार गरेर नजिकै स्वास्थ्य केन्द्र पुर्याएका थिए। तर, उहाँको घटना स्थलमा मृत्यु भइसकेको रहेछ,’ जोशीले भने।
त्यसैगरी, स्नेहको निधन प्रति हेल्थ असिष्टेन्ट संघ नेपाल (हान) ले दुःख प्रकट गरेको छ।
शुक्रबार शोकबक्तव्य निकाल्दै दिवंगत आत्माको चिर शान्तीको कामना समेत गरेको छ।
May his departed soul rest in peace 🌺🌺🌺