कार्यक्रमअगावै पक्राउ परे वातावरण अभियन्ता

हेल्थपोस्ट नेपाल

वातावरणीय प्रदुषण तथा निजगढ वन जोगाउन माग गर्ने अभियन्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हरित नेपालका अभियन्ताहरुले सरकारलाई दबाब दिन भन्दै सिंहदरबारको पश्चिमी गेटमा आज धर्ना कार्यक्रम राखेका थिए। तर, उनीहरुलाई धर्नास्थलममा नपुग्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

‘हामीले पश्चिमी गेटमा धर्ना दिने कार्यक्रम थियो। तर, त्यहाँ पुग्न नपाउँदै प्रहरीले बाटैबाट पक्राउ गरेको छ,’ अभियन्ता तनुजा पाण्डेले भनिन्। सातजना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालय भृकुटीपण्डपमा राखेको छ।

‘हामीले प्लेकार्ड पनि निकालेका थिएनौं। तर, प्रहरीले बाटैमा पक्राउ गर्‍यो। एकजना निर्दोष व्यक्ति जो हामीसँग आवद्ध हुनुहुन्न उहाँलाई पनि पक्राउ गरिएको छ,’ उनले भनिन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *