पछिल्लो २४ घन्टामा १५२ संक्रमित थपिए, एकको मृत्यु

फाइल फोटो

पछिल्लो २४ घन्टामा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ।

जसमध्ये देशभर बिहिबार १ हजार ५ सय ६९ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ। यो सँगै संक्रमणबाट ३ हजार ३१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

आज ६५ जना संक्रमित निको भएका छन्। मन्त्रालयको अनुसार नेपाल निको संख्या २ लाख ७२ हजार ८ सय ५२ पुगेको छ।

हाल क्वारेन्टाइनमा ५९ जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय