१२ देखि १५ वर्षका बालबालिकामा पनि कोरोना खोप दिइने
‘फाइजर’ कम्पनीले १२ देखि १५ वर्ष उमेरका बालबालिकाहरुका लागि कोरोना विरुद्धको खोप ‘ज्याब’ परीक्षणमा ल्याउने भएको छ।
अमेरिकाले गरेको ट्रायल परीक्षणमा उक्त खोप, बालबालिकाका लागि उपयुक्त तथा रोगबाट बचाउन सक्ने क्षमता भएको र बालबालिकाले सहन सकिने खालको देखिएको छ।
यसैकारण यस खोपलाई आकस्मिक अनुमोदनका लागि तयारी गरेको हो।
फाइजरले जर्मनीको कम्पनी बायोएनटेकसंग सहकार्य गरेर खोप उत्पादन गर्ने योजना बनाएको छ।
केही हप्ता भित्र ट्रायल परीक्षण गरिएको डाटा अमेरिकाको खाद्य तथा औषधी प्रशासनमा बुझाउने तयारी गरेको छ।
फाइजरका प्रमुख कार्यकारी अध्ययक्ष अल्बर्ट बौर्लाले यस खोपलाई स्वीकृत गरिए अर्को शैक्षिक वर्ष सुरू नहुँदै बालबालिकाहरुका लागि खोप तयार हुनेछ।
यो खोप १६ वर्ष भन्दा उमेर समूहलाई लगाउने अनुमति भइसकेको छ।
दुई हजार दुई सय ६० जना बालबालिकाहरुमा यो खोपको ट्रायल परीक्षण गरिएको थियो । जसमा आधा बालबालिकालाई ‘ज्याब’ खोप र आधालाई ‘प्लेसीबो’ खोप दिइएको थियो।
‘प्लेसीबो’ खोप लगाएका एक हजार एक सय २९ बालबालिका मध्ये १८ जनालाई कोरोना संक्रमण देखियो, भने ‘ज्याब’ लगाएका बालबालिकामा संक्रमण देखिएन।
फाइजरले दुई महिना भित्र उक्त खोपलाई बेलायतको मेडिसिन एण्ड हेल्थकेयर प्रडक्ट रेगुलेटोरी एजेन्सीलाई पनि बुझाउने तयारी गरेको छ।
यस खोपले लाखौं बालबालिकाहरुलाई सुरक्षित रहेर विद्यालय जाने वातावरण सृजना गर्ने अपेक्षा गरिएको छ।