भारतमा एकैदिन थपिए ७२ हजार बढी कोरोना संक्रमित

भारतमा एकैदिन ७२ हजार बढी कोरोना संक्रमित थपिएका छन्।

बुधबारमात्र भारतमा ७२ हजार १ सय ८२ नयाँ संक्रमित थपिएका हुन्। यस्तै ४ सय ५२ जनाको संक्रमणकै कारण मृत्यु भएको छ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ५ लाख ८५ हजार बढी छ भने हालसम्म १ लाख ६२ हजार ९ सय ६० जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा पछिल्लो समय तीव्र रुपमा कोरोना संक्रमण फैलिइरहेको छ।

गत २४ घण्टामा भारतको महाराष्ट्र, क्षत्तिसगढ, कर्नाटक, केरल, तमिलनाडु, गुजरात र मध्यप्रदेशमा बढी संक्रमित भेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय