फेरि ७२ जिल्लामा फैलियो कोरोना, कहाँ कति संक्रमित?

कोरोना भाइरस संक्रमणको गति पुनः बढ्न थालेको छ। पछिल्ला दुई सातादेखि संक्रमण दर बढ्न थालेको हो।

मगंलबारमात्रै ३ हजार १ सय ४० नमुना परीक्षण गर्दा १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ।

हालको संक्रमणदर १८ प्रतिशतभन्दा माथि गएको छ।

केही सातासम्म तीन–चार प्रतिशतमा अडेको संक्रमण दर अहिले ह्वात्तै बढ्दै गएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको मगंलबारको तथ्यांकअनुसार नेपालमा कोरोनाका १ हजार ५ सय ९९ सक्रिय संक्रमित छन्।

भारतबाट नेपाल फर्किएकामा संक्रमण देखिनु तथा पछिल्लो समय कोरोना परीक्षण धेरै हुनुले पनि संक्रमित बढेको विज्ञको अनुमान छ।

भारतमा दोस्रो लहर सुरु भएसँगै त्यसको असर नेपालमा पनि परेको छ।

पछिल्ला दिनमा रोजगारीका लागि भारत गएका नेपाली फर्किने क्रम बढ्दो छ।

सीमा–नाकामा परीक्षण हुँदा केही संख्यामा संक्रमण पुष्टि भएको भेटिएको छ। तर, भारतमा फैलिएको नयाँ भेरियन्ट हो कि होइन भन्ने यकिन हालसम्म भएको छैन।

हाल उपत्यकामा अधिकांश अस्पतालमा पिसिआर परीक्षण गर्नेको लाइन देखिन्छ।

जसले गर्दा पुनः कोरोनाले रूप फेर्दै गएको अनुमान गर्न सकिन्छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी काठमाडौंमा सक्रिय संक्रमित छन्। सयभन्दा माथि सक्रिय संक्रमित भएका तीन जिल्ला छन्।

तीमध्ये काठमाडौंमा मात्रै ५ सय ६१ सक्रिय संक्रमित छन्। त्यसैगरी कास्कीमा २ सय ४ र ललितपुरमा १ सय १७ छन्।

प्रदेश १ मा ११८

हाल प्रदेश १ मा १ सय १८ सक्रिय सक्रमित छन्।

तीमध्ये इलाममा ६, उदयपुर ६, ओखलढुंगा दुई, खोटाङ दुई, झापा २५, ताप्लेजुङ तीन, तेह्रथुम तीन, भोजपुर दुई, मोरङ २५, संखुवासभा चार, सुनसरी ३९ र सोलुखुम्बुमा एकजना संक्रिमत छन्।

प्रदेश २ मा ४५

प्रदेश २ को धनुषामा पाँच संक्रमित छन्। त्यसैगरी पर्सामा १२, बारा नौ, महोत्तरी दुई, रौतहट ६, सप्तरी चार र सिरहामा सात संक्रमित छन्।

बागमती प्रदेशमा ८७२

बागमती प्रदेशको काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमित छन्। यहाँ ५ सय ७१, काभ्रेपलान्चोकमा १८, चितवन ७०, दोलखा चार, धादिङ सात, नुवाकोट पाँच, भक्तपुर ६२, मकवानपुर सात, रसुवा तीन, रामेछाप पाँच, ललितपुर १ सय १७, सिन्धुपाल्चोक पाँच र सिन्धुलीमा सात सक्रिय संक्रमित छन्।

गण्डकी प्रदेशमा ३१४

गण्डकी प्रदेशमा ३ सय १४ सक्रिय संक्रमित छन्। तीमध्ये कास्कीमा २ सय ४, गोरखा नौ, तनँहु १५, नवलपरासी १६, पर्वत १०, मनाङ दुई, मुस्ताङ नौ, म्याग्दी १५, लमजुङ ६, बाग्लुङ १८ र स्याङ्जामा १० संक्रमित छन्।

लुम्बिनी प्रदेशमा १५२

लुम्बिनी प्रदेशमा १ सय ५२ सक्रिय संक्रमित छन्।

तीमध्ये अर्घाखाँचीमा चार, कपिलवस्तु चार, गुल्मी आठ, दाङ १९, नवलपरासी पाँच, पाल्पा २१, प्युठान सात, बर्दिया १७, बाँके ३३, रूकुम

पूर्वमा एक, रुपन्देहीमा २९ र रोल्पामा चार संक्रमित छन्।

कर्णाली प्रदेशमा २९

कर्णाली प्रदेशमा २९ सक्रिय संक्रमित छन्। तीमध्ये कालिकोटमा चार, जाजरकोट चार, जुम्ला दुई, दैलेख एक, मुगु एक, रुकुम पश्चिम तीन, सल्यान चार, सुर्खेत नौ र हुम्लामा एक छन्।

सुदूरपश्चिम प्रदेशमा ६९

सुदूरपश्चिम प्रदेशमा ६९ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीमध्ये अछाममा तीन, कञ्चनपुर १२, कैलाली २३, डडेल्धुरा चार, डोटी १२, दार्चुला एक, बझाङ ६, बाजुरा दुई र बैतडीमा ६ सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय