नर्सका हकहितको लागि गठन भयो ‘सरकारी नर्सिङ संघ’

सरकारी सेवामा कार्यरत नर्सहरू साझा संघ गठन भएको छ।

बुधबार सरकारी सेवामा कार्यरत नर्सले काठमाडौं जिल्ला प्रशासन कार्यलयमा गई ‘सरकारी नर्सिङ संघ’ ( गोनान) दर्ता गराएका छन्।

हालसंघमा ७ सयको हाराहारीमा सदस्य रहेका छन्।

हाल कल्पना श्रेष्ठको अध्यक्षतामा १७ जनाको तदर्थ समिति बनाइएको छ।

संघको उपाध्यक्षमा वीर अस्पतालमा कार्यरत रमिला चौलागाईं छिन्।

महासचिवमा राजकुमारी ज्ञवाली, सचिव मित्रा देवकोटा, कोषाध्यक्ष प्रमिला थकाली र अन्य १२ जना सदस्य छन्।

गत पाँच वषदेखि दर्ता प्रक्रियामा रहेको संघले बुधबारदेखि पुर्णता पाएको उपाध्यक्ष चौलागाईंले बताइन्।

बिरामी जनतालाई छिट्टो–छरितो सेवा दिनुका साथ–साथै नर्सको हकहितमा निरन्तर लाग्ने उदेश्यका साथ संघ स्थापना गरिएको उपाध्यक्ष चौलागाईंले बताइन्।

‘अबको तीन महिनाभित्रमा अधिवेशन गछौं,’ चौलागाईंले भनिन्, ‘ अब बिस्तारै सबै जिल्लाका नर्सलाई समेट्दै जान्छौ।’

उनका अनुसार सो संघ सरकारी नर्सको हकहितको आवाज उठाउन संघ गठन गरिएको हो।

सरकारी नर्सका समायोजन, सेवा—सुविधा जस्ता धेरै समस्या छन्,’ चौलागाईंले भनिन्, ‘ नर्सको हकहितको लागि तथा सरकारी सेवा बलियो बनाउनको हाम्रो उदेश्य रहन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय