२४ घण्टामा ८९ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ६५ जना

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ चैत १८ गते १७:०६

गत २४ घण्टामा देशभर ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङमा गत बिहीबारयता नेपालमा १२ हजार एक सय ५३ जनाको परीक्षण गरिएकोमा ४५० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार दुई सय ८२ रहेको छ।

संस्थागत आइसोलेसनमा एक सय ६८ र होम आइसोलेसनमा एक हजार एक सय १४ जना रहेका छन्।

काठमाण्डौ उपत्यकाभित्र भक्तपुरमा ६, ललितपुरमा ७ र काठमाण्डौमा ५२ गरी ६५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै तीन सय ४३ जना संक्रमणमुक्त भएका छन्।

गत २४ घण्टामा ९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणबाट मुक्त हुने दर ९८.४ प्रतिशत पुगेको छ।

देशभरका प्रयोगशालाबाट बुधबार दुई हजार एक सय एक नमुनाहरुको पिसिआर परीक्षण भएको छ। यस्तै, देशभर ५७ जना क्वारेन्टिनमा छन्।

मन्त्रालायले स्वास्थ्य सुरक्षामा मापदण्ड अपनाउन आग्रह गरेको छ।

‘कम्तीमा दुई मिटर दुरी बनाउनुपर्ने, मास्कको उचित प्रयोग गर्ने, हातको सरसफाइ र नाक मुखमा लैजाने बानी हटाए कोरोनासँग मात्र नभई अन्य सर्ने रोगबाट पनि बँच्न सकिन्छ,’ मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय