चीनको प्रयोगशालाबाटै कोरोना भाइरस फैलिएको भन्ने कुरा पुष्टि भएको छैन : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले चीनको प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको भन्नेबारे थप अनुसन्धान आवश्यक रहेको बताएका छन्।

उनले केही अध्ययनले चीनको प्रयोगशालाबाट भाइरस फैलिएको भनिरहँदा त्यसलाई पुष्टि गर्ने पर्याप्त आधार दिन नसकेकोले अहिले नै भाइरस प्रयोगशालाबाट फैलिएको भन्न हतार हुने बताए।

उनले यसमा थप अध्ययन आवश्यक रहेको बताएका छन्।

डब्ल्यूएचओले भाइरसको उत्पत्तिको अध्ययन गर्न चीनकोे वुहानमा एक विशेषज्ञको टोली पठाएको थियो।

उक्त टोलीले जनवरी १४ देखि १० फेब्रुअरीसम्म त्यहाँ रहेर अध्ययन गरेको थियो।

सो टोलीले गत मंगलबार एक रिपोर्ट जारी गरेको थियो। जसमा भाइरसको फैलावट कसरी भयो भन्ने पर्याप्त जानकारी नपाइएको उल्लेख छ। अध्ययन टोलीले यसका लागि थप अध्ययन आवश्यक रहेको बताएको छ।

तर, सो टोलीले चमेराबाट मानिसमा भाइरस सरेको सम्भावना उच्च रहेको बताएको छ।

अमेरिकालगायतका केही पश्चिमा मुलुकहरुले चीनको प्रयोगशालाबाट भाइरस फैलिएको बताइरहँदा टेड्रोसको यस्तो प्रतिक्रिया आएको छ। टेड्रोसले चीनको समर्थन गरेको भन्दै अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले उनको चर्को आलोचना गर्दै आएका थिए।

यता, चीन भने आफ्नो प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने कुरालाई नकार्दै आएको छ। तर, २०१९ को डिसेम्बरमा चीनको वुहानमै कोरोनाको पहिलो केश पाइएको भने पुष्टि भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय