चीनमा एमबिबिएस पढेका विद्यार्थीको इन्टर्नसिप निर्णय पछाडि हट्यो काउन्सिल, आयोग मौन

नेपाल मेडिकल काउन्सिलले चीनमा अध्ययनगरी आएका विद्यार्थीहरुलाई इन्टर्नसिप गर्न दिने नदिने अनुमतिको अधिकार आफूसँग नरहेको जनाएको छ।

काउन्सिलले अनुमतिको अधिकार चिकित्सा शिक्षा आयोगसँग नै गर्ने निश्कर्ष निकालेको छ।

काउन्सिलको सोमबारको बैठकले यसको जिम्मेवारी र अनुमतिको अधिकार आयोगसँग भएको निश्कर्ष निकालेका काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए।

चिकित्सा शिक्षा आयोगले भने त्यस्ता समस्याका बारेमा केही जानकारी नआएको बताएको छन्।

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले हालसम्म आयोगलाई यस विषयमा कुनै पनि जानकारी नआएको बताए।

उनले चीनमा अध्ययन गरेर आएका विद्यार्थीहरुले आयोगमा केही कुरा नउठाएको र यस विषयमा छलफल नै नगरेको बताए।

चीनमा अध्ययन गरेका १५२ (२०१४ ब्याच) विद्यार्थीहरु आफ्नो इन्र्टनसिप पूरा गर्न नपाउँदै कोरोना संक्रमणका कारण नेपाल फर्केका थिए।

नेपाल मेडिकल काउन्सीलको लाइसेन्स लिनका लागि उनीहरुसँग पूर्णरुपमा इन्टर्नसिप गरेको सर्टिफिकेट चाहिन्छ।

इन्टर्नसिपको बीचैमा फिर्ता आउनुपरेको र फर्केर जानका लागि भिसा सकिएका कारण ती विद्यार्थीहरु अलपत्र परेका हुन्।

न त उनीहरुको हातमा चिकित्सा शिक्षाको पढाई सकिएको सर्टिफिकेट छ न त इन्र्टनसीप नै गरेका छन्।

नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाइदिन वा चीन सरकारसँग पहलगरी उतै पठाउन विद्यार्थीहरुले आग्रह गरिरहेका छन्।

यसका लागि कयौं दिनदेखि उनीहरु चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सील तथा स्वास्थ्य मन्त्रालय धाइरहेका छन्। तर आयोगले

यस विषयमा कुनै कुरा नउठेको र जानकारी नभएको भन्दै मौन बसेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय