यि हुन् सरकारले खटाएका ठाउँमा नजाने ३० स्वास्थ्यकर्मी…

स्वास्थ्य सेवा विभागले भारत र चीनको सीमा नाकामा रहेका हेल्थ डेस्कमा काममा खटाइएका ३० स्वास्थ्यकर्मीलाई तुरून्तै सम्पर्कमा आउन निर्देशन दिएको छ।

कोरोना महामारीको रोकथाम तथा परिचाहनको लागि स्वास्थ्य मन्त्रालयले पुस २१ को सचिव स्तरीय निर्णय अनुसार ४८ जनालाई विभिन्न स्थानमा खटाएको थियो।

तर, ३० जना स्वास्थ्यकर्मी सम्पर्कमा नआएको विभागले जनाएको छ।

विभागले एक सुचना जारी गर्दै तीनदिनभित्र तुरून्तै सम्पर्कमा आउन निर्देशन समेत दिएको छ।

विभागले खटाएको स्थानमा नजाने स्वास्थ्यकर्मीहरूले निर्देशनको अवज्ञा गरेमा कारवाही गर्ने समेत विभागले चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय