महामारीविरुद्ध नयाँ अन्तर्राष्ट्रिय सन्धी आह्वान – ‘हामी सबै नबाँचे कोही बाँच्ने छैनन्’

हेल्थपोस्ट
प्रकाशित
२०७७ चैत १८ गते १०:१३

विश्वका विभिन्न राष्ट्र प्रमुखहरूले भविष्यमा आउने हरेक महामारीकाविरुद्ध विश्वस्तरीय एउटा नयाँ सन्धीका लागि आह्वान गरेका छन्। कोरोना महामारीको खोप विकसित भएसँगै बढ्न थालेको ‘खोपको राष्ट्रियता’ विरुद्ध उनीहरूले यस्तो आह्वान गरेका हुन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों, ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सन तथा जर्मनीका एन्जेला मार्केललगायत विश्वका २० भन्दा धेरै राष्ट्र प्रमुखहरूले एकै साथ लेखेको एउटा संयुक्त्त बिचारयुक्त्त वक्तव्य प्रकाशित भएको छ।

विश्वका धेरै सञ्चारमाध्यमा छापिएको उक्त्त वक्तव्यमा उनीहरूले प्रश्न गरेका छन् ‘अहिले होला कि नहोला नभए कहिले होला?’ यो प्रश्न उनीहरूले भविष्यमा पनि आउनसक्ने यस्तै महामारीलाई संकेत गर्दै भनेका हुन्।

उनीहरूले एउटा विशाल अन्तर्राष्ट्रिय साझेदारीहरूको आह्वान गरेका छन् र भनेका छन् ‘सबै देशहरूले त्यसका लागि पृथकतावाद र राष्ट्रवादलाई त्याग्नुपर्छ।’

‘अझै धेरै महामारी अनि थुप्रै स्वास्थ्य संकट बेहोर्नै बाँकी छ। यो चुनौतीलाई कुनै एकमात्रै राष्ट्र अनि बहुपक्षीय एउटा संस्थाले मात्रै सामना गर्न सक्दैन। अहिले होला कि नहोला नभए कहिले होला?’ उनीहरूले भनेका छन्।

उनीहरुले लेखेको यो लेख आ-आफ्नै देशका सञ्चारमाध्यमहरूमा प्रकाशित र प्रशारित छन्। उनीहरूले त्यसमा विभिन्न राष्ट्र र व्यापारिक समूहबीच भ्याक्सिनको व्यापारलाई लिएर निकै सघन लडाइँ हुनसक्नेतर्फ पनि सचेत गराएका छन्।

यसअघि नै भ्याक्सिनले निम्त्याउनसक्ने ‘राष्ट्रवाद’ को लडाइँविरुद्ध आवाज उठाइसकेका विश्वस्वास्थ्य संगठनका प्रमुख महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसस पनि यो संयुक्त्त आलेखका लेखक हुन्। उनले भ्याक्सिनका लागि ‘म पहिलो’ भन्ने प्रवृत्तिले विश्वमा निकै संकटपूर्ण लडाइ निम्तिनसक्ने चेतावनी दिएका थिए।

‘हामी विश्वभरि स्वास्थ्य सुरक्षाका लागि समानरुपमा भ्याक्सिनको पहुँच स्थापित गर्न प्रतिवद्धता व्यक्त्त गर्दछौं’ ती राष्ट्र प्रमुखहरूले आफ्नो आलेखमार्फत भनेका छन् ‘हामीलाई विश्वास छ कि विश्वका सबै राष्ट्रहरू अब एउटा विश्वस्तरीय नयाँ सन्धीमार्फत सँगसँगै अघि बढ्नेछन्। अहिले सामना गरिरहेको र भविष्यमा आउनसक्ने अर्को यस्तै नयाँ महामारीका लागि पनि।’

यो आलेखमा अमेरिका, चीन तथा रुसजस्ता देशका प्रमुखहरूले हस्ताक्षर गरेका छैनन्। तर पनि विश्व स्वास्थ्य संगठनका प्रमुखले विश्वका सबै सदस्य राष्ट्रहरूबीच यो सन्धीका लागि छलफल गर्ने प्रतिवद्धता जनाएका छन्।

‘संसारका सबै मानिस सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैनन् भन्ने पाठ यो कोरोना महामारीले सिकाएको छ’ उनीहरूले निश्कर्ष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय