बाल यौन दुराचार आरोपमा अमेरिकी पक्राउ

बाल यौन दुराचारको आरोपमा एकजना अमेरिकीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पोखराबाट उनलाई पक्राउ गरेको हो।

ब्युरोका प्रवक्त्ता एसपी गंगा पन्तका अनुसार माइकल नर्मन टेलर पक्राउ पोखरा महानगरपालिका–१८ स्थित एउटा हो स्टेबाट पक्राउ परेका हुन्।

उनका अनुसार ६६ वर्षीय टेलरमाथि ३ वटा उजुरी परेको थियो।

बालबालिकालाई पटक पटक अप्राकृतिक मैथुनका लागि बाध्य पार्दै यौन शोषण गरेको आरोप उनीमाथि छ।

टेलर तेस्रोपटक नेपाल आएका बेला उनलाई पोखराबाट पक्राउ गरिएको हो।

उनले पटकपटक नेपाल आएर बाल याैन दुराचारको प्रयास गरेको अनुसन्धानबाट खुल्न आएको छ।

उनले सामाजिक सञ्जाल प्रयोग गरी बालबालिकामाथि यौन दुराचारको प्रयास गरेका थिए।

प्रहरीका अनुसार ४६०० अमेरिकी डलर, ल्यापटप, आइफोन-७ र आइफोन-११, पेनड्राइभलगायतका सामग्रीहरू पनि बरामद भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय