नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. गेहनाथ बराल नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्षमा डा. गेहनाथ बराल नियुक्त भएका छन्।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. बराललाई नियुक्त गरेको हो।

उनी सगै अन्य पदाधिकारीको पनि नियुक्त भएका छन्।

यस्तै, परिषदको उपाध्यक्षमा डा. गौरव ढकालले जिम्मेवारी पाएका छन्।

त्यसैगरी, सदस्यमा डा बन्दना खनाल, डा. रामआधार यादव, डा. सन्तोष शाक्य र डा अवधेश तिवारीलाई नियुक्त गरिएको छ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा अध्यक्षमा बराल र सदस्यहरु नियुक्त भएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय