सुदुरपश्चिममा कुन जिल्लामा कतिले कोरोना खोप लगाए?

सुदुरपश्चिम प्रदेशमा कोरोना विरुद्दको खोप लगाउने संख्या दुई लाख नाघेको छ।

कूल जनसंख्या २५ लाख ५२ हजार ५१७ रहेको सुदुरपश्चिम प्रदेशमा हाल सम्म २ लाख २८ हजार ८ जनाले कोरोनाको खोप लगाएको
सामाजिक विकास मन्त्रलायले जनाएको छ।

मन्त्रालयको तथ्याङ्क अनुसार अछाम जिल्लामा २० हजार पाँच सय ७४ जनाले खोप लगाए भने बैलडीमा १६ हजार एक सय ९५, बझाङमा १६ हजार नौ सय ७३, बाजुरामा १२ हजार तीन सय २६, डडेलधुरामा ११ हजार दुई सय ४४ जनाले खोप लगाएका छन्।

त्यस्तै,दार्चुलामा १७ हजार एक सय ७९, डोटीमा १४ हजार छ सय ९७, कंचनपुरमा ३० हजार दुई सय २३ र कैलालीमा ६३ हजार तीन सय ९७ ले खोप लगाएको प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय