झापामा ५५३ जना हात्तीपाइलेका बिरामी

झापामा ५५३ जना हात्तीपाइलेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयले ५५३ हात्तीपाइलेका बिरामी रहेको जनाएको छ।

कार्यालयको रेकर्ड अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइका बिरामी छन्।

गत वर्ष गरिएको सर्वेक्षण अनुसार खट्टा सुन्निएका ७२, हाइड्रोसिल भएका ३७२, हात र स्तन सुन्निएका ११० जना छन् ।

झापामा तीन दिनपछि अर्थात चैत २० गतेदेखि १०औँ पटकको हात्तीपाइलेको औषधी खुवाउने कार्यक्रम जिल्लामा सुरु हुँदैछ।

नौ लाख ३४ हजार ७०० जनसङ्ख्या रहेको जिल्लामा यस वर्ष ६०० स्वास्थ्यकर्मी र ६०० स्वयंसेवक परिचालन गरी आठ लाख १६ हजार ५०० जनालाई रोग निवारणका लागि औषधि खुवाइने जनाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले प्रदेश १ का १४ जिल्लामध्ये झापा र मोरङमा मात्र औषधि पुनः खुवाइने बताए ।

उनले अन्य जिल्लामा भने हात्तीपाइले रोग निवारण भइसकेको जानकारी दिए।

चैत २० देखि चैत मसान्तसम्म जिल्लाभर हात्तीपाइले रोगको औषधी खुवाइने कार्यक्रम रहेको उनले बताए । स्वास्थ्य कार्यालयले आगामी दुई वर्षभित्रमा हात्तीपाइले रोग निवारण जिल्लाका रूपमा झापालाई घोषणा गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रमलाई प्रभावकारी बनाउन गैरसकारी र सञ्चार क्षेत्रको महत्त्वपूर्ण योगदान रहने र सोही प्रकारको भूमिका निर्वाह गरिदिन उनले आग्रह समेत गरे।

आवश्यक हात्तीपाइले रोगको औषधी झापा आइपुगेको जिल्ला जनस्वास्थ्य कार्यलयले जनाएको छ। कार्ययोजना रहेको औषधी स्थानीय तह र जिल्लाका स्वास्थ्य कार्यालयमा पुर्‍याइने काम भइरहेको छ।

जिल्लाका १५ वटै पालिकामा स्वास्थ्यकर्मी र स्वयंसेवक तयारी अवस्थामा रागिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय